Home / Issues / सिरहाको दलित वस्तिमा भएको आगलागी सम्बन्धमा दलित संघसंस्थाहरुद्वारा जारी प्रेस विज्ञप्ति
External News Source Link
External Video Link
External Media Link
Related Report Link

सिरहाको दलित वस्तिमा भएको आगलागी सम्बन्धमा दलित संघसंस्थाहरुद्वारा जारी प्रेस विज्ञप्ति

2017-04-12

Urgent Appeal

मितिः ३० चैत २०७३

सिरहाको सखुवा नन्कारकटी गाउपालिका–४ को दलित वस्तिमा चैत २९ साँझ ५ बजेदेखि भएको आगलागीका कारण भएको जनधनका क्षतिप्रति मानवअधिकार तथा आत्मसम्मानका लागि सामूहिक आवाज–आवाज परियोजनाका साझेदार संस्थाहरुसहित जागरण मिडिया सेन्टर गहिरो दुःख व्यक्त गर्दछ । 

सिरहाको साविक सिमराहा, ८ स्थित दलित वस्तिमा सोमवार साँझ स्थानीय हरिनारायण मण्डल (खत्वे) को परालको थुप्रोबाट सुरु भएको आगलागीका कारण ३५ घर जलेर नष्ट भएका छन् । आगलागीमा परी चार गोरु, आठ बाख्रा तथा स्थानीयवासीको घरमा भएका गर–गहना, फर्निचर, खाद्यान्न, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा करिब डेढ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगो निभाउन लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेपनि समयमा बारुणयन्त्र नपुगेकाले समयमै आगलागी नियन्त्रणमा आउन सकेन । 

स्थानीय निकायले तथ्यांक संकलन बाहेक २४ घन्टा वितिसक्दा पनि कुनै किसिमको राहतको व्यवस्था गर्न सकेको छैन । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ को नियम ४ को खण्ड (क) दैवी प्रकोपबाट असर परेको वा पर्न सक्ने व्यक्तिको उद्धार र सम्पत्तिको संरक्षण गर्ने, खण्ड (ख) दैवी प्रकोपबाट पीडित व्यक्तिको तत्कालीन राहतका लागि अस्थायी शिविर खडा गर्ने, (ग) दैवी प्रकोपबाट पीडित व्यक्तिको भरण पोषण तथा जीवन निर्वाहका लागि तत्काल आवश्यक पर्ने साद्यान्न, लत्ता कपडा, औषधी, शैक्षिक सामग्री जस्ता अत्यावश्यक वस्तु खरिद गर्ने, (छ) दैवी प्रकोपबाट पीडित व्यक्तिको अस्थायी रुपमा आश्रयस्थल बनाउने वा पुनस्र्थापना गर्ने, (ज) दैवी प्रकोपबाट पीडित व्यक्तिको आवासीय घर वा निजको पेशासँग सम्बन्धित औजार, वर्कशप मर्मतका लागि आर्थिक सहायता प्रदान गर्ने लगायतको कार्य गर्ने प्रावधान रहेको छ । तर, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा मातहतका निकायहरुले अहिलेसम्म कुनै किसिमको राहतको व्यवस्था गरेको छैन । जसले गर्दा उनीहको ज्यान नै जोखिममा रहेको छ ।

नेपालको संविधानको धारा १६ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ भने संविधानको धारा १८ ले सबै कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित नगरिने सुनिश्चितता गरेको छ । त्यसैगरी संविधानको धारा ३६ (२) प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पनि अवस्थामा सुरक्षित हुने हक प्रदान गरेको छ । त्यस्तै धारा ३७ (१) ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हकसम्बन्धी समेत व्यवस्था गरेको छ ।  धारा ४२ (२) ले आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हकको व्यवस्था गरेको छ भने धारा ४६ संवैधानिक उपचारको हकको व्यवस्था गरेको छ । 

सिरहामा भएको यो आगलागी घटनामा राज्यको उदासीनताका कारण नागरिकको बाँच्न पाउने लगायतका संविधान प्रदत्त मौलिक हकमा आघात परेको छ । नागरिकको मानवअधिकारको रक्षा गर्नु राज्यको प्रमुख दायित्व हो । तसर्थ मानवअधिकार तथा आत्मसम्मानका लागि सामूहिक आवाज परियोजनाका साझेदार संस्थाहरु जागरण मिडिया सेन्टर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, मधेशी दलित विकास महासंघ, राष्ट्रिय दलित नेटवर्क र समता फाउण्डेसन आगलागीका कारण पीडित विपन्न दलित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति र दीर्घकालीन आवासको व्यवस्था गर्न जोडदार माग गर्दछ । 

To support this case, please click here:
SAMPLE LETTER:
Dear __________,

सिरहाको दलित वस्तिमा भएको आगलागी सम्बन्धमा दलित संघसंस्थाहरुद्वारा जारी प्रेस विज्ञप्ति

Name Of Victim:

Names of alleged perpetrators:

Date of incident: 0000-00-00

Place of incident: Sakhuwa Gaunpalika

Yours Sincerely,
------------------------------
PLEASE SEND YOUR LETTERS TO:

1. Mr. Sher Bahadur Deuba

Prime Minister

Office of the Prime Minister and Council of Ministers of Nepal

Singh Durbar, Kathmandu

P.O. Box: 23312

NEPAL

Tel: +977 1 4211000

Fax: +977 1 4211086

Email: info@opmcm.gov.np

2. Mr. Janardan Sharma

Home Minister of Nepal

Ministry of Home Affairs

Singh Durbar, Kathmandu

NEPAL

Fax: +977 1 421-1257, 421-1286

Email: gunaso@moha.gov.np

3. Mr. Anupraj Sharma

Chairperson

National Human Rights Commission

Pulchowk, Lalitpur

NEPAL

Fax: +977 1 55 47973

Tel: +977 1 5010015

E-mail: complaints@nhrcnepal.org or nhrc@nhrcnepal.org

4. Mr. Raman Kumar Shrestha

Attorney General

Office of Attorney General

Ramshah Path, Kathmandu

NEPAL

Tel: +977 1 4240210, +977 1 4262548, +977 1 4262394

Fax: +977 1 4262582 / 4218051

Email: info@attorneygeneral.gov.np

5. Mr. Prakash Aryal

Inspector General of Police

Police Head Quarters

Naxal, Kathmandu

NEPAL

Fax: +977 1 4415593

Tel: +977 1 4412432

Email: phqigs@nepalpolice.gov.np

6. Mr. Sitaram Ghale

Member Secretary

National Dalit Commission

Lalitpur, Nepal.

P.O. Box:13785, Kathmandu

Phone:+977-1-5531148

Fax:+977-1-5531148

Email:info@ndc.gov.np

Thank you.