Home / Issues / नेपालः दलित युवतीमाथि चुल्हो छोएको निहुँमा कुटपिट तथा दूव्र्यवहार
External News Source Link
External Video Link
External Media Link
Related Report Link

नेपालः दलित युवतीमाथि चुल्हो छोएको निहुँमा कुटपिट तथा दूव्र्यवहार

2017-01-31

Urgent Appeal

जागरण मिडिया सेन्टरलाई प्राप्त जानकारीअनुसार सुनसरी जिल्ला बराहक्षेत्र गाविस वाड नं. ५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मालाई छिमेकी वर्ष ६० का कृतीमान राईले चुल्हो छोएको निहूँमा कुटपिट तथा दूव्र्यवहार गरेका छन् । विश्वकर्मालाई राईले जातीय रुपमा होच्याउँदै कपालमा समातेर पछार्नुका साथै गालामा झापडसमेत लाएका थिए । नाताले मित मामा पर्ने कितावसिंह राईको घरमा आगोको कोइला लिन गएको समयमा उनीमाथि कुटपिट तथा दुव्र्यवहार भएको थियो । कुटपिटपछि पीडित परिवार न्यायको खोजिमा छ ।

घटना विवरणः

सुनसरी जिल्ला बराहक्षेत्र गाविस वाड नं. ५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मा स्थानीय आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययनरत छिन् । दुई भाई र बहिनीमध्ये जेठी सन्तानको रुपमा रहेकी शारदाका बावु चुनबहादुर विश्वकर्मा गाउँघरमा डकर्मी काम गरेर परिवार पाल्दै आएका छन् भने आमा गृहिणी हुन् ।

जाडोको मौसममा आगो सल्काउन कठीन हुने भएकाले घरमा आगो बाल्नका लागि कोइला लिन शारदा मिति २०७३ माघ १४ गते साँझ करिब ४ बजेतिर छिमेकी कितावसिंह राईको घरमा गएकी थिइन् । कितावसिंह बुहारीकी आमा अर्थात् सम्धीनीसँग घरभित्रबसी कुराकानी गर्दै थिए । कुराकानीमा करिब वर्ष ६० का ‘कुण्डले बाजे’ भनेर चिनिने कृतीमान राई पनि सहभागी थिए ।

आँगनमा कितावसिंहकी छोरीले बेलुकाका लागि भात पकाउँदै थिइन् । आगो लिन आएकी शारदाले सरासर चुल्होबाट भुङ्ग्रो उठाउँदै थिइन्, त्यसैबेला कृतीमान राई आएर ‘तिमीहरु कामी भएर हामी राईले पकाउँदै गरेको चुल्हो छुने भन्दै कराउन लागे । शारदाले ‘किन दलित भनेर हेप्नुहुन्छ भनेर सम्झाउन खोजिन् । तर, राईले जातीय रुपमा अपमानजनक शब्दहरु प्रयोग गर्दै कपालमा समाएर लतार्दै शारदाको गालामा झापड हाने । कुटाइका कारण शारदा भुइँमा पछारिइन् । कुटपिट हुँदा छिमेकी र गाउँलेहरु रमिता हेरेर बसिरहे ।

कृतिमान राई र शारदाको परिवारबीच कुनै छिमेकीबाहेकको कुनै नातासम्बन्ध छैन । तर, कितावसिंहको परिवार र शारदाको परिवारबीच मितेरी साइनो थियो । नाताले कितावसिंह शारदाका मित मामा पर्छन् । शारदाका अनुसार अरु समयमा पनि कितावसिंहको घरमा गएर विश्वकर्मा परिवारले खाना खाने, कुराकानी गर्ने र सुख, दुःखमा सहयोग गर्दै आएको थियो । यसअघि पनि कृतीमान र उनको परिवारले कितावसिंहको परिवारलाई समेत दलितसँग सम्बन्ध राखेको भन्दै बेलाबेलामा अपमान गर्दै आएका थिए । कृतीमानका छोरीहरु र कितावसिंहका छोरी–बुहारीहरु शारदाका मिल्ने साथीहरु पनि हुन् ।

कुटपिट भएपछि शारदा रुँदै घरमा आइन् ।  बेलुका करिब ६:३० बजे शारदाका बाबु चुनबहादुर विश्वकर्मा कामबाट फर्किए । शारदाकी बहिनीले बाबुलाई घरभित्र नपस्दै घटनाको विषयमा जानकारी गराएपछि उनी सिधै कृतीमानको घरमा गएर ‘मैले आजसम्म हातसम्म नउठाएकी मेरी जवान छोरीलाई हातपात र कुटपिट गर्ने अधिकार कल्ले दियो’ भन्दै कृतीमानलाई गाली गरे । तर, कृतीमानले आफ्नो गल्ती स्वीकार्नुभन्दा उल्टै जातीय रुपमा अपमानजनक र अश्लिल शब्दहरु प्रयोग गर्दै चुनवहादुरलाई धम्क्याए ।

घटना भएको अर्को दिन विहान करिब १० बजेतिर चुनबहादुरले नाताले भान्जा पर्ने धरानस्थित औजार दैनिकका सम्पादक रणध्वज लोहारलाई घटनाबारे जानकारी गराएपछि घटनाले चर्चा पायो । तर, 'जातीय विभेद भएमा कसरी कानुनी उपचार खोज्न सकिन्छ' भन्नेबारे जानकारी नपाएका चुनबहादुर प्रहरी चौकीसम्म जान सकेनन् । घटना भएको पाँच दिनपछि जागरण मिडिया सेन्टरले पीडित परिवारलाई सम्पर्क गरी ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार ईलाका प्रहरी कार्यालयमा उजुरी दिन सल्लाह दियो । सोही दिन करिब पाँच बजेतिर पीडित परिवारले दलित सेवासंघका जिल्ला अध्यक्ष लङ्कमान विश्वकर्माको सहयोगमा ईलाका प्रहरी कार्यालय बराहक्षेत्रका इन्चार्ज रामदेव चौधरी समक्ष उजुरी पेश गरेका छन् ।

जागरण मिडिया सेन्टर पीडितको आत्मसम्मानको रक्षाका लागि घटनामा संलग्न कृतीमान राईलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार हदैसम्मको कारवाही गर्नका लागि सरकारसँग जोडदार माग गर्दछ । विशेषगरी दलित समुदायसँग सम्बन्धित घटनामा राज्य र प्रहरी प्रशासनले देखाउने उदासीनताका कारण यो घटनाका पीडित विश्वकर्मा परिवारले न्याय पाउँछन् भन्नेमा शंका छ । त्यसैले पीडितलाई न्याय दिलाउनका लागि आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुहुन हामी पत्रकार, नागरिक समाज, मानवअधिकारवादी सङ्घसंस्थालगायत सबैसँग हार्दिक अपील गर्दछौ ।

घटनासम्बन्धी थप जानकारीः

नेपालको जातीय, वर्गीय तथा लैङ्गिक संरचनाको सबभन्दा बढी जोखिमयुक्त अवस्थामा रहेका दलित महिलाहरूले असन्तुलित सामाजिक, आर्थिक तथा राजनीतिक शक्ति समीकरणका कारणले व्यापक तथा गहिरोसित जरा गाडेको लैङ्गिक हिंसा तथा जातीय विभेदको सामना गर्नु परिरहेको छ । उनीहरु सबैजसो विकासका सूचकाङ्कहरूमा सबैभन्दा पछाडि परेका छन् ।

नेपालले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिको इच्छाधीन आलेख, १९९९ र महिला तथा विकास सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन, १९९५ बेजिङ्ग (१२ सरोकारको क्षेत्र)को पक्षराष्ट्र रहेको छ ।

नेपालको संविधान २०७२ को धारा ३८ (३) ले पनि महिलाविरुद्ध हुने कुनैपनि हहिंसा र शोषणलाई काुननबमोजिम दण्डनीय र पीडितलाई कानुनबमोजिम क्षतिपूर्तिको सुनिश्चितता गरेको छ । त्यस्तै संविधानको धारा (२४)ले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत तथा भेदभाव नगरिने र कुनै पनि प्रकारका छुवाछूत र भेदभावजन्य कार्यलाई गम्भीर सामाजिक अपराधको रुपमा व्याख्या गरी पीडितलाई क्षतिपूर्तिको अधिकारसमेत सुनिश्चित गरेको छ । त्यस्तै जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ ले जातीय भेदभाव तथा छुवाछूतजन्य अपराधलाई राज्य विरुद्धको अपराधको रुपमा स्वीकार्दै पीडकलाई दण्ड तथा जरिवानाको व्यवस्था गरेको छ ।

शारदा विश्वकर्मामाथि भएको कुटपिट, जातीय विभेद तथा दूव्र्यवहारले नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिवद्र्धताको उल्लङ्घन गरेको छ । युगान्तकारी कानुनी प्रावधान हुँदा हुँदै पनि, व्यवहारिक रुपमा कानुनको कार्यान्वयन गराउनेतर्फ सरकारले ध्यान दिन सकेको छैन । सरकारका संरचनाहरु आफै पूर्वाग्रहपूर्ण, विभेदयुक्त तथा गहिरो किसिमले जकडिएका छन् । नबोल्ने संस्कृति’ र त्यससित जोडिएका सामाजिक लोक–लाजका कारणले गर्दा दलित महिलाहरु (मौखिक, शारीरिक तथा यौनिक हिंसा भोगिरहेका छन् । सामाजिक–आर्थिक असुरक्षा र कमजोर राजनीतिक प्रतिनिधित्व कारण उनीहरू थप हिंसाको जोखिममा पर्नुका साथै त्यसबाट उम्कन सक्ने उनीहरूको क्षमता समेत कमजोर भएको छ । जबसम्म सरकारले दलित महिला र उनीहरुका सवाललाई गम्भीर किसिमले सम्बोधन गर्दैन तबसम्म दलित महिलामाथि हुने हिंसालाई अपराधका रूपमा बुझ्ने संस्कृतिको विकास हुन सक्दैन । यस्तो अवस्थामा सामाजिक न्यायको कल्पना गर्न समेत सकिँदैन ।



To support this case, please click here:
SAMPLE LETTER:
Dear __________,

नेपालः दलित युवतीमाथि चुल्हो छोएको निहुँमा कुटपिट तथा दूव्र्यवहार

Name Of Victim: Ms. Sharada Bishwokarma, Aged 21

Names of alleged perpetrators: Mr. Kirtiman Rai, Aged 60

Date of incident: 0000-00-00

Place of incident: Barahachhetra-5, Baguwa, Sunrai

सुनसरी जिल्ला बराहक्षेत्र गाविस वाड नं. ५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मालाई छिमेकी वर्ष ६० का कृतीमान राईले चुल्हो छोएको निहूँमा कुटपिट तथा दूव्र्यवहार गरेको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अहिलेको युगमा पनि दलित महिलामाथि जातकै आधारमा छुवाछूत तथा भेदभाव गरिनु कानुनी राज्यको उपहास हो भने मानवअधिकारको गम्भीर उल्लङ्घन हो । 

मैले पाएको जानकारी अनुसार सुनसरी जिल्ला बराहक्षेत्र गाविस वाड नं. ५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मा स्थानीय आदर्श उच्च माविमा कक्षा १२ मा अध्ययनरत छिन् । दुई भाई र बहिनीमध्ये जेठी सन्तानको रुपमा रहेकी शारदाका बावु चुनबहादुर विश्वकर्मा गाउँघरमा डकर्मी काम गरेर परिवार पाल्दै आएका छन् भने आमा गृहिणी हुन् । 
जाडोको मौसममा आगो सल्काउन कठीन हुने भएकाले घरमा आगो बाल्नका लागि कोइला लिन शारदा मिति २०७३ माघ १४ गते साँझ करिब ४ बजेतिर छिमेकी कितावसिंह राईको घरमा गएकी थिइन् । कितावसिंह बुहारीकी आमा अर्थात् सम्धीनीसँग घरभित्रबसी कुराकानी गर्दै थिए । कुराकानीमा करिब वर्ष ६० का ‘कुण्डले बाजे’ भनेर चिनिने कृतीमान राई पनि सहभागी थिए । 

आँगनमा कितावसिंहकी छोरीले बेलुकाका लागि भात पकाउँदै थिइन् । आगो लिन आएकी शारदाले सरासर चुल्होबाट भुङ्ग्रो उठाउँदै थिइन्, त्यसैबेला कृतीमान राई आएर ‘तिमीहरु कामी भएर हामी राईले पकाउँदै गरेको चुल्हो छुने भन्दै कराउन लागे । शारदाले ‘किन दलित भनेर हेप्नुहुन्छ भनेर सम्झाउन खोजिन् । तर, राईले जातीय रुपमा अपमानजनक शब्दहरु प्रयोग गर्दै कपालमा समाएर लतार्दै शारदाको गालामा झापड हाने । कुटाइका कारण शारदा भुइँमा पछारिइन् । कुटपिट हुँदा छिमेकी र गाउँलेहरु रमिता हेरेर बसिरहे । 

कृतिमान राई र शारदाको परिवारबीच कुनै छिमेकीबाहेकको कुनै नातासम्बन्ध छैन । तर, कितावसिंहको परिवार र शारदाको परिवारबीच मितेरी साइनो थियो । नाताले कितावसिंह शारदाका मित मामा पर्छन् । शारदाका अनुसार अरु समयमा पनि कितावसिंहको घरमा गएर विश्वकर्मा परिवारले खाना खाने, कुराकानी गर्ने र सुख, दुःखमा सहयोग गर्दै आएको थियो । यसअघि पनि कृतीमान र उनको परिवारले कितावसिंहको परिवारलाई दलितसँग सम्बन्ध राखेको भन्दै बेलाबेलामा अपमान गर्दै आएका थिए । कृतीमानका छोरीहरु र कितावसिंहका छोरी–बुहारीहरु शारदाका मिल्ने साथीहरु पनि हुन् । 

कुटपिट भएपछि शारदा रुँदै घरमा आइन् ।  बेलुका करिब ६:३० बजे शारदाका बाबु चुनबहादुर विश्वकर्मा कामबाट फर्किए । शारदाकी बहिनीले बाबुलाई घरभित्र नपस्दै घटनाको विषयमा जानकारी गराएपछि उनी सिधै कृतीमानको घरमा गएर ‘मैले आजसम्म हातसम्म नउठाएकी मेरी जवान छोरीलाई हातपात र कुटपिट गर्ने अधिकार कल्ले दियो’ भन्दै कृतीमानलाई गाली गरे । तर, कृतीमानले आफ्नो गल्ती स्वीकार्नुभन्दा उल्टै जातीय रुपमा अपमानजनक र अश्लिल शब्दहरु प्रयोग गर्दै चुनवहादुरलाई धम्क्याए । 

घटना भएको अर्को दिन विहान करिब १० बजेतिर चुनबहादुरले नाताले भान्जा पर्ने धरानस्थित औजार दैनिकका सम्पादक रणध्वज लोहारलाई घटनाबारे जानकारी गराएपछि घटनाले चर्चा पायो । तर, जातीय विभेद भएमा कसरी कानुनी उपचार खोज्न सकिन्छ भन्नेबारे जानकारी नपाएका चुनबहादुर प्रहरी चौकीसम्म जान सकेनन् । घटना भएको पाँच दिनपछि जागरण मिडिया सेन्टरले पीडित परिवारलाई सम्पर्क गरी ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार ईलाका प्रहरी कार्यालयमा उजुरी दिन सल्लाह दियो । सोही दिन करिब पाँच बजेतिर पीडित परिवारले दलित सेवासंघका जिल्ला अध्यक्ष लङ्कमान विश्वकर्माको सहयोगमा ईलाका प्रहरी कार्यालय बराहक्षेत्रका इन्चार्ज रामदेव चौधरी समक्ष उजुरी पेश गरेका छन् । 

म पीडितको आत्मसम्मानको रक्षाका लागि घटनामा संलग्न कृतीमान राईलाई जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ अनुसार हदैसम्मको कारवाही गर्नका लागि सरकारसँग जोडदार माग गर्दछु । विशेषगरी दलित समुदायसँग सम्बन्धित घटनामा राज्य र प्रहरी प्रशासनले देखाउने उदासीनताका कारण यो घटनाका पीडित विश्वकर्मा परिवारले न्याय पाउँछन् भन्नेमा शंका छ । त्यसैले पीडितलाई न्याय दिलाउनका लागि आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुहुन हामी पत्रकार, नागरिक समाज, मानवअधिकारवादी सङ्घसंस्थालगायत सबैसँग हार्दिक अपील गर्दछु । 

घटनासम्बन्धी थप जानकारीः
नेपालको जातीय, वर्गीय तथा लैङ्गिक संरचनाको सबभन्दा बढी जोखिमयुक्त अवस्थामा रहेका दलित महिलाहरूले असन्तुलित सामाजिक, आर्थिक तथा राजनीतिक शक्ति समीकरणका कारणले व्यापक तथा गहिरोसित जरा गाडेको लैङ्गिक हिंसा तथा जातीय विभेदको सामना गर्नु परिरहेको छ । उनीहरु सबैजसो विकासका सूचकाङ्कहरूमा सबैभन्दा पछाडि परेका छन् । 

नेपालले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिको इच्छाधीन आलेख, १९९९ र महिला तथा विकास सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन, १९९५ बेजिङ्ग (१२ सरोकारको क्षेत्र)को पक्षराष्ट्र रहेको छ । 

नेपालको संविधान २०७२ को धारा ३८ (३) ले पनि महिलाविरुद्ध हुने कुनैपनि हहिंसा र शोषणलाई काुननबमोजिम दण्डनीय र पीडितलाई कानुनबमोजिम क्षतिपूर्तिको सुनिश्चितता गरेको छ । त्यस्तै संविधानको धारा (२४)ले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत तथा भेदभाव नगरिने र कुनै पनि प्रकारका छुवाछूत र भेदभावजन्य कार्यलाई गम्भीर सामाजिक अपराधको रुपमा व्याख्या गरी पीडितलाई क्षतिपूर्तिको अधिकारसमेत सुनिश्चित गरेको छ । त्यस्तै जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ ले जातीय भेदभाव तथा छुवाछूतजन्य अपराधलाई राज्य विरुद्धको अपराधको रुपमा स्वीकार्दै पीडकलाई दण्ड तथा जरिवानाको व्यवस्था गरेको छ । 

शारदा विश्वकर्मामाथि भएको कुटपिट, जातीय विभेद तथा दूव्र्यवहारले नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरेका प्रतिवद्र्धताको उल्लङ्घन गरेको छ । युगान्तकारी कानुनी प्रावधान हुँदा हुँदै पनि, व्यवहारिक रुपमा कानुनको कार्यान्वयन गराउनेतर्फ सरकारले ध्यान दिन सकेको छैन । सरकारका संरचनाहरु आफै पूर्वाग्रहपूर्ण, विभेदयुक्त तथा गहिरो किसिमले जकडिएका छन् । 

‘नबोल्ने संस्कृति’ र त्यससित जोडिएका सामाजिक लोक–लाजका कारणले गर्दा दलित महिलाहरु (मौखिक, शारीरिक तथा यौनिक) हिंसा भोगिरहेका छन् । सामाजिक–आर्थिक असुरक्षा र कमजोर राजनीतिक प्रतिनिधित्व कारण उनीहरू थप हिंसाको जोखिममा पर्नुका साथै त्यसबाट उम्कन सक्ने उनीहरूको क्षमता समेत कमजोर भएको छ । जबसम्म सरकारले दलित महिला र उनीहरुका सवाललाई गम्भीर किसिमले सम्बोधन गर्दैन तबसम्म दलित महिलामाथि हुने हिंसालाई अपराधका रूपमा बुझ्ने संस्कृतिको विकास हुन सक्दैन । यस्तो अवस्थामा सामाजिक न्यायको कल्पना गर्न समेत सकिँदैन । 
 

Yours Sincerely,
------------------------------
PLEASE SEND YOUR LETTERS TO:

1. Mr. Sher Bahadur Deuba

Prime Minister

Office of the Prime Minister and Council of Ministers of Nepal

Singh Durbar, Kathmandu

P.O. Box: 23312

NEPAL

Tel: +977 1 4211000

Fax: +977 1 4211086

Email: info@opmcm.gov.np


2. Mr. Janardan Sharma

Home Minister of Nepal

Ministry of Home Affairs

Singh Durbar, Kathmandu

NEPAL

Fax: +977 1 421-1257, 421-1286

Email: gunaso@moha.gov.np


3. Mr. Anupraj Sharma

Chairperson

National Human Rights Commission

Pulchowk, Lalitpur

NEPAL

Fax: +977 1 55 47973

Tel: +977 1 5010015

E-mail: complaints@nhrcnepal.org or nhrc@nhrcnepal.org


4. Mr. Raman Kumar Shrestha

Attorney General

Office of Attorney General

Ramshah Path, Kathmandu

NEPAL

Tel: +977 1 4240210, +977 1 4262548, +977 1 4262394

Fax: +977 1 4262582 / 4218051

Email: info@attorneygeneral.gov.np


5. Mr. Prakash Aryal

Inspector General of Police

Police Head Quarters

Naxal, Kathmandu

NEPAL

Fax: +977 1 4415593

Tel: +977 1 4412432

Email: phqigs@nepalpolice.gov.np


6. Mr. Sitaram Ghale

Member Secretary

National Dalit Commission

Lalitpur, Nepal.

P.O. Box:13785, Kathmandu

Phone:+977-1-5531148

Fax:+977-1-5531148

Email:info@ndc.gov.np


Thank you.