Home /Issues
Create Issue
भान्साका सामान छोएको निहुँमा दलित नावालकमाथि कुटपिट
2017-04-01

जागरण मिडिया सेन्टरलाई प्राप्त जानकारी अनुसार सुर्खेत जिल्ला बराहताल गाउँपालिका कुनाथरी -८ निबासी, बदडादा मा.वी. मा कक्षा ३ अध्ययनरत बालक भिम बहादुर विकलाई भान्साका सामान छोएको निहुँमा गैरदलित छिमेकीले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । 

 

सुर्खेतको सदरमुकाम बिरेन्द्र नगरबाट करिव ३० किलोमिटरमा पर्ने कुनाथरी गा .वी. स. वडा न -८ निबासी, बदडादा…

संयुक्त प्रेस विज्ञप्ति
2017-03-25

५२ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद विरुद्धको दिवसका अवसरमा एसियाली मानवअधिकार आयोग/एसियाली कानुनी स्रोत केन्द्र र जागरण मिडिया सेन्टर संयुक्त रुपमा नेपालमा निरन्तर बढ्दै गएका जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाप्रति अन्तर्राष्ट्रिय समुदाय र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

नेपालमा दलित समुदायले आत्मसम्मान र सामाजिक न्यायका लागि…

नेपाल : दलित दम्पत्तिमाथि टोल विकास समितिको अत्याचार
2017-02-14

कास्की, पोखराको डा. के.आई. सिंह पुलमुनि सुकुम्बासी वस्तिमा २०४९ सालदेखि बसोवास गर्दै आएका एक अन्तरजातीय वृद्ध दम्पत्तिलाई लछार–पछार गरी उनीहरुको घर भत्काइएको घटनाप्रति जागरण मिडिया सेन्टरको गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई प्राप्त जानकारी र इकान्तिपुर डट कममा​ मिति २०७३ फागुन २ गते सावित्री गौतमद्वारा लेखिएको ब्लग लेखअनुसार स्थानीय टोल विकास…

नेपालः दलित युवतीमाथि चुल्हो छोएको निहुँमा कुटपिट तथा दूव्र्यवहार
2017-01-31

जागरण मिडिया सेन्टरलाई प्राप्त जानकारीअनुसार सुनसरी जिल्ला बराहक्षेत्र गाविस वाड नं. ५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मालाई छिमेकी वर्ष ६० का कृतीमान राईले चुल्हो छोएको निहूँमा कुटपिट तथा दूव्र्यवहार गरेका छन् । विश्वकर्मालाई राईले जातीय रुपमा होच्याउँदै कपालमा समातेर पछार्नुका साथै गालामा झापडसमेत लाएका थिए । नाताले मित…

दैलेख : कुटपिटका कारण दलित महिलाको अवस्था चिन्ताजनक
2017-01-05

जागरण मिडिया सेन्टरलाई प्राप्त जानकारी अनुसार दैलेख जिल्ला रानीवन गाविस–१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई गैरदलित महिलाहरूद्वारा जातीय हिसावले अपमानका साथै कुटपिट गरिएको छ  । कुटपिटका कारण सुनारको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरीरभर निलडाम भएको छ । कुटपिटपछि उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएकी सुनारलाई अस्पतालले भेरी अञ्चल अस्पताल…